भेट! कत्ती भेटहरु मात्रै भेट्नका लागि नहुँदो रहेछ। कति भेटहरु छरिएको जिन्दगी समेट्न पनि हुँदो रहेछ। यस्तै मैले मेरो छरपस्ट जिन्दगीमा तिमीलाई भेटेको छु। तिमीलाई भेटे पछि आफैलाई समेट्न सिकेको छु। थाहा छैन तिमीले मलाई भेटे पछि मैले तिमीलाई कति समेट्न सकेँ। जुन दिन मैले तिमीलाई भेटेँ त्यही दिन देखि म समेटिएको छु तिम्रो हरेक दुखमा अनि खुसिमा। हरेक प्रहर तिमी मेरो यादमा समेटिन्छौ। मैले खाने मीठो स्वादमा समेटिन्छौ। गीतमा समेटिन्छौ। प्रीतमा समेटिन्छौ। मैले फेर्ने हरेक स्वासमा तिमी हुन्छौ। मैले हेर्ने अरेक नजरमा तिमी हुन्छौ। मेरो गाउँमा तिमी हुन्छौ सहरमा हुन्छौ तिमी। मेरो हरेक रहरमा तिमी हुन्छौ। म घरै बस्दा तिमी हुन्छौ। मन्दिर पस्दा मनमा तिमी हुन्छौ। हास्दा तिमी हुन्छौ। रुदा तिमी हुन्छौ। पात अनि फुलमा छुँदा तिमी हुन्छौ। मेरो दुखमा तिमी हुन्छौ सुखमा तिमी हुन्छौ। केही बोल्न परे मनले तिमीलाई सम्झन्छ। तिमी मेरो मुखमा जुन्छौ। तिम्रो करिब आउँ मेरो साथ तिमी हुन्छौ। तिमीबाट पर जाउँ मेरो साथ तिमी हुन्छौ। तिमीलाई भेटे देखि मेरो साथ खुसी छ।
Neeta Bharati
-Runchi-
- Emailinfo@neetabharati.com.np
- Phone+ (977) 9845******
- Birthday23 August, 1992
- LocationNijghan-5 Bara, Nepal
Post a Comment
Thank You!