प्रीय छोरी एन्जल, मधुर माया अनि मीठो सम्झना। छोरी चाहेर पनि मैले तिम्रो साथ बस्न पाईन। तिम्रो बचपनको साथी हुन पाईन तर म जहाँ भए पनि तिमीलाई हरपल हर क्षण सम्झेको छु। तिम्रो र तिम्रो भाइ अनि हाम्रो सिंगो परिवारको लागि नै आज म तिम्रो साथ देखि टाढा छु। प्रीय छोरी एन्जल, तिमीले मेरो यो बाध्यतालाई बुझ्नेछौ भन्ने आशा राखेको छु। राम्रोसँग पढ्नु बाबाले भनेको मान्नु भाईलाई माया गर्नु अनि मामुलाई पनि बुझ्ने प्रयास गर्नु हस। अनि धेरै पढ्ने, ज्ञानी मान्छे बन्ने, मामु बाबाको मुहारमा सँधै मुस्कान ल्याउने हस। ठूलो मान्छे बन्ने हस। आज मेरी प्यारी छोरी एन्जलको लागि यो कविता लेखेको छु। पढ्नु हस।
प्रीय छोरी एन्जल
लक्ष्य लिनु छोरी
तिमी आकाश छुने
गर्नेछु म सहयोग
तिम्रो लक्ष्य पूरा हुने
आउलान तगारो बन्न
तिमी हिडेको बाटोमा
अनेक दु:खहरु
आफ्ना लाग्लान
पराई लाग्लान
मेरो प्रीय छोरी
दुनियाँ लागोस्
तिमीलाई लडाउन
तर तिमीले
नछोड्नु पाईला
अगाडि बढाउन
अटल हिमाल जस्तै
तिमी कहिले नझुक्नु
आँधी, हुरी, प्रलय नै आए पनि
गन्तव्य नपुगी कहिले नरुक्नु
आफ्नाहरु पराई बनेर
पराईहरु आफ्नो भनेर
आउलान जिवनमा
बहकाउलान छोरी भड्काउला मन
बेलैमा चिन्नु आफ्नो पन
मान्छे चिन्न सक्नु
असल बाटोमा मात्रै हिन्न सक्नु
सुखमा नमात्तिनु
दुखमा नआत्तिनु
प्रीय छोरी
म तिम्रो साथमा छु
तिम्रो मामु निता भारती (लिम्बू)
छोरी मामुको लागि पनि लेख्नु हस् 🙂

Post a Comment
Thank You!