Ronald Robertson

Neeta Bharati

-Runchi-
  • Emailinfo@neetabharati.com.np
  • Phone+ (977) 9845******
  • Birthday23 August, 1992
  • LocationNijghan-5 Bara, Nepal

एकादेशको एउटा कथा

 प्यारी छोरी एन्जल,



मामुको मन भरिको माया अनि मीठो सम्झना। छोरी मामुको तर्फबाट तिमीलाई केही कुराहरु छन ध्यान दिएर सुन्नु हस। आज म तिमीलाई एउटा कहानी सुनाउँछु।

छोरी,

एकादेशमा  धनकुटा भन्ने ठाउमा एउटा घर रहेछ। त्यो घरमा चार जना मान्छे रहेछन। मामु, बाबा, भाइ अनि दिदी। बाबा र भाइ काठमाडौमा बस्दो रहेछन अनि दिदी चाहिँ निजगढ भन्ने ठाउमा मामा घरमा आमासँग बस्दो रहेछन्। अनि उसको मामु चाहिँ कहिले घरमा बस्न नपाउने रहेछ। सानो भाईलाई अनि दिदी अनि बाबालाई छोडेर कहाँ हो कहाँ काममा जानू पर्ने रहेछ। किन थाहा छ छोरी किनभने उनीहरुको मामु त आर्मी रहेछन। तिम्रो मामु जस्तै।

उनीहरूको बाबा काठमाडौमा भाइ र दिदीको लागि दिन रात नभनी दु:ख गर्नुहुँदो रहेछ। तिम्रो बाबा जस्तै। तर छ नि छोरी त्यो भाइ र दिदीले उनीहरुको मामु र बाबालाई माया नै नगर्दो रहेछ। किन थाहा छ? किन भने उनिहरु मामु बाबाले भनेको नै नमान्दो रहेछ। पढ्न पनि नमान्ने रहेछ। होमवर्क गर्न पनि नमान्ने रहेछ। अनि घरमा मामु बाबाले आफ्नै हातले पकाएर दिनुभएको कति मीठो खाने कुरा पनि खान नम्मान्ने रहेछ। उनिहरु त बाबा र मामुले भनेको नमानेर जहिले पसलको खानेकुरा खाँदो रहेछ। एकदिनको कुरा हो छोरी दशैको बेला उनिहरु मामाघर जाँदा बाटोमा मामु र बाबाले भनेको नमानेर पसलको के-के खाने कुरा खाँदो रहेछ। अनि त छोरी बेलुकी मामा घर नपुग्दै उनिहरुको पेट दुखेर हस्पिटल लैजान पर्ने हुँदो रहेछ। हस्पिटलमा त डाक्टरले कति ठूलो ठूलो सुई लगाईदिदो रहेछ। उनीहरुको बाब र मामु सग भएको सबै पैसा हस्पिटलमा दिन पर्ने रहेछ। त्यतीले नपुगेर छ नि छोरी त्यो दिदीलाई उसको मामा, मामा घरको आमा, बाबा अनि उसको मामुले दिनुभएको सबै पैसा हस्पिटलमा डाक्टरले लिदो रहेछ। देख्यौ छोरी मामु र बाबाले भनेको नमान्दा मामु र बाबासँग भएको अनि त्यो दिदीसँग भएको सबै पैसा सकियो।

अनि छोरी छनी त्यो दिदीले एकदिन अल्छी गरेर होमवर्क नै नगरी स्कुल गएछ। कति नट्टी है त्यो दिदी। त्यो दिन स्कुलमा म्यामले गाली गर्नुभएछ अनि स्कुल छुटे पछि रुदै रुदै घर फर्किएछ। हेरत छोरी कति लाज भयो होला। बाटोमा सब मान्छे त्यहि दिदीलाई हेर्दै हाँस्दो रहेछ। लाजमर्दो है। अनि उसले आमालाई झुटो कुरा भनेछ। स्कुलमा म्यामले मलाई पिट्नु भयो भनेर भनेछ। अनि त्यो दिदीको आमा स्कुलमा गएर म्यामहरुलाई गाली गर्नु भएछ। कति नट्टी है त्यो दिदी। अनि घरमा कसैले पढ्नु भन्दा मेरो मामु चाहिँ सधै फस्ट होइसिन्थ्यो र म स्कुलमा गएर मामुलाई पढाउनु भएको सर म्यामहरुसँग सोध्छु भनेर झनै जिद्दी गर्दी रैछिन। त्यो दिदी त कति नट्टी है छोरी।

तर हाम्री छोरी त त्यो नट्टी दिदी जस्ती छैनन्। हाम्री छोरीले मामु र बाबाले भनेको मान्छीन्। मामा घरको आमाले भनेको पनि मान्छिन्। सानो ममि सानो बुबा अनि मामाले भनेको पनि मान्छिन्। अनि स्कुलमा सर र म्यामले भनेको पनि मान्छिन्। स्कुलमा पनि राम्रोसँग ध्यान दिएर पढ्छिन्। स्कुलमा क्लास वर्क पनि राम्रोसँग ध्यान दिएर गर्छिन। घरमा पनि ध्यान दिएर पढ्छीन। होमवर्क पनि सबै राम्रोसँग बेलैमा गर्छिन्। हाम्री छोरी कति ज्ञानी है। अनि छोरी छ नि तिम्रो मामु पनि राम्रो अनि धेरै पढिसिन्छ नि। त्यही भएर त आर्मी होइसिन्छ नि। नपत्याए स्कुलमा सर म्यामसँग सोध त। नपढी आर्मी हुन पाईन्छ कि पाईन्न भनेर।

मेरी ज्ञानी छोरीलाई बाबा र मामुले सँगै राखेन भनेर रिसाकी होली हैन। हैन हैन मेरो एन्जल रिसाउदिनन। मेरी ज्ञानी अनि प्यारी छोरी कति बुझाकी छ है। बाबा र मामु अनि भाईलाई कती माया गर्छिन। भनेको मान्छिन है छोरी। मामु यति टाढा किन गैसिएको थाहा छ छोरी? मामु आए पछि सबै भन्छु हस। मामु आए पछि बाबा, भाइ तिमी अनि मामु हामी तिम्रो लागि लिम्बु ड्रेस अनि अरु थुप्रै मन पर्ने कुरा किन्ने हस।

छोरी ल भनत तिम्रो लागि केके किन्ने?

भाईको लागि के के किन्ने?

बाबाको लागि के के किन्ने?

मामुको लागि के किन्ने?

अनि छोरी अघि त्यो कथाको नट्टी दिदी जसरी पसलको खाने कुरा के पनि नखाने हस। फेरि बिरामी भयो भनेत बाबा मामु अनि तिमीसँग भएको सबै पैसा हस्पिटल दिन पर्छ। त्यसैले भाईलाई पनि नखाउ भन्ने अनि तिमी पनि नखाने हस। मेरी ज्ञानी छोरी। म आए पछि नि छोरीलाई धेरै पैसा पनि दिन्छु। बचत गरेर राख्ने हस।

अनि एकदिन मेरी छोरी धेरै पढेर ठुलो मान्छे बन्छिन। बाबा मामु र भाईलाई खुसी दिन्छिन्।


I love you छोरी

miss you so much


तिम्रो मामु निता

Comments

Thank You!

Dark Template